३१ जेष्ठ २०७८, सोमबार
गृह भेन्टिलेटर नहुँदा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
भेन्टिलेटर नहुँदा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

बाजुरा। बाजुरामा एक वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं(९ का वडाध्यक्ष विनोदकुमार विकको भाइरस संक्रमणबाट ज्यान गएको हो। शनिबार जिल्ला अस्पताल बाजुरामा एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

उनलाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो। उपचारको लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदन जित महराले जानकारी दिए। उनलाई अक्सिजन सहित भ्यान्टिलेटरको आवश्यकता पर्ने भएकोले अस्पतालबाट रिफर गरिएको थियो।


Facebook Comments
+ posts

हरेक खबर खास खबर