१० असार २०७८, बिहीबार
गृह अख्तियार प्रमुख राईलाई प्रधानमन्त्रीले किन बोलाए बालुवाटार?
अख्तियार प्रमुख राईलाई प्रधानमन्त्रीले किन बोलाए बालुवाटार?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसँग शनिबार लामो छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अपराह्न राईसँग आफ्नै निवास बालुवाटारमा भेट गरेका हुन्।

प्रधानमन्त्री ओलीका बिरुद्ध लागेका राजनीतिक प्रतिद्वन्द्वीहरुलाई ठेगान लगाउन अख्तियार प्रयोग हुँदैछ भन्ने अड्कलबाजी भइरहेका बेला भएको ओली–राई भेटलाई त्यही सन्दर्भमा हेरिएको छ।


प्रधानमन्त्री ओलीले आफू विरोधी नेताहरुलाई अख्तियार देखाएर तर्साउने गरेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएकै दिन यो भेटघाट भएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिंदैछन् आफ्नै पार्टीका सांसदहरुबाट समेत विश्वासको मत नपाइने भएपछि प्रधानमन्त्री ओलीले अहिले राजनीतिक सक्रियता बढाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर