४ असार २०७८, शुक्रबार
गृह मधव नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने, ओली एकताका लागि तयार भएनन्
मधव नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने, ओली एकताका लागि तयार भएनन्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गतेविश्वासको मत लिने भनेकै बेला एमालेकै माधव नेपाल समूहले सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात् बैशाख २६ मै राजीनामा दिने तयारी गरिएको हो। शनिवार ओली ईतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो।


जहाँ माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू सामेल थिए। यसबीचमा तह–तहमा भएका वार्तामा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीसँग सहमति बन्न नसकेपछि उनीहरू राजीनामा दिने तयारीमा पुगेका हुन्।

शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ।छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको बताइएको छ।

एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन्। तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन सहित प्रत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको बताइएको छ।

तरपनि केही नेता राजधानीबाहिर र कोही विरामी भएका कारण संख्या यकिन नभएको हो। आइतबार बिहान स्थायी कमिटिको बैठक बस्ने तय भइसकेको छ। दिउँसो २ बजेपछि व्यक्तिगत रूपमा राजीनामा दिने अनौपचारिक निर्णय भएको छ। राजीनामा व्यक्तिगत भए पनि राजीनामा बुझाउँदा सामूहिक रूपमा जानेछन्।

कानुनतः राजीनामा व्यक्तिगत रुपमा सभामुखलाई बुझाउनुपर्ने हुन्छ। त्यसपछि दलको नेतालाई सामूहिक रुपमा राजीनामा दिनुको कारण खुलाउँदै पत्र बुझाउने योजना छन्।

संसदमा सँगै बस्न नसक्नुमा प्रधानमन्त्री ओली जिम्मेवार भएको ठर्हयाउँदै ओलीलाई नै पत्र बुझाउनेछन्। पहिला दलका नेता र त्यसपछि पार्टी अध्यक्षलाई राजीनामा दिनुको कारण उल्लेख गर्दै पत्र बुझाउने तयारी छ।

माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ।

Facebook Comments

हरेक खबर खास खबर