४ असार २०७८, शुक्रबार
गृह अफगानिस्तानमा स्कुल लक्षित बम हमला: ४० जना मारिए
अफगानिस्तानमा स्कुल लक्षित बम हमला: ४० जना मारिए

काबुल। अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना मारिएका छन् । २५ जना घाइते भएका छन्।

राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।


स्कुलबाट छात्राहरु निस्किरहेको समयमा सुरुमा कार विस्फोट गराइनुका साथै पछि रकेट हमला गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। अफगान गृह मन्त्रालयका अनुसार दस्त-ए-बारचीमा रहेको सैयद अल शुहादा गर्ल्स हाई स्कुललाई लक्षित गर्दै उक्त हमला भएको थियो।

घटनामा मृत्यु हुनेहरुमा केही स्कुले छात्रा समेत छन्। विस्फोटमा घाइते भएकाहरुलाई नजिकका अस्पताल लगिएको छ। हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। यद्यपि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर