५ असार २०७८, शनिबार
गृह देउवाकै नेतृत्वमा सरकार बनाउने निर्णय
देउवाकै नेतृत्वमा सरकार बनाउने निर्णय

काठमाडौं। विपक्षि दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनेनिर्णय गरेको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो।


कांग्रेस संसदीय दलको बैठकले सोमबारका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको विपक्षमा मतदान गर्न आग्रह गर्ने कांग्रेसले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर