१० असार २०७८, बिहीबार
गृह लगातार नवौं पटक बायर्न म्युनिखले जित्याे बुण्डेसलिगाको उपाधि
लगातार नवौं पटक बायर्न म्युनिखले जित्याे बुण्डेसलिगाको उपाधि

काठमाडौँ। बायर्न म्युनिखले लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि जितेको छ। दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३–२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल अगाडी नै बुण्डेसलिगाको उपाधि जितेको हो।

आरबी लेइपजिंगको ३२ खेलमा ६४ अंक छ भने शिर्ष स्थानमा रहेको बायर्नको ३१ खेलमा ७१ अंक रहेको छ। बायर्न लेइपजिंगभन्दा ७ अंकले अगाडी रहेको छ। अब बायर्नको लिगमा ३ खेल खेल्न बाँकी छ भने लेइपजिंगको २ खेल खेल्न बाँकी रहेको छ।


योसँगै बायर्न म्युनिखले २०१२/१३ सिजन देखि लगातार नवौ पटक बुण्डेसलिगाको उपाधि जितेको छ। योसँगै बायर्नले अहिलेसम्म ३० पटक बुण्डेसलिगाको उपाधि जितेको छ।

Facebook Comments

हरेक खबर खास खबर