४ असार २०७८, शुक्रबार
गृह बेलायतले राख्यो नेपाललाई ‘रेड जोन’मा, बुधबारदेखि यात्रामा प्रतिबन्ध
बेलायतले राख्यो नेपाललाई ‘रेड जोन’मा, बुधबारदेखि यात्रामा प्रतिबन्ध

काठमाडौं। संयुक्त अधिराज्य बेलायतले कोरोना भाइरस को नयाँ भेरियन्ट सतिको संक्रमणको फैलावट धेरै भएको भन्दै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने भएको छ।

बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राखिएको घोषणा गरे।


नेपालसहित टर्की र माल्दिभ्सलाई समेत आउँदो मे १२ तारिख बिहान ४ बजेबाट लागू हुने गरि बेलायतको रेड लिस्ट’ मा समावेश गरिएको बेलायती यातायात मन्त्री ग्रान्ट श्याप्सले जानकारी दिए।

यसअघि बेलायतले भारत, कतार लगायतका मुलुकलाई ‘रेडलिस्ट’मा राखेको थियो। पछिल्लो समय टर्कीमा कोरोना संक्रमण दैनिक २७ हजार भन्दा हुन थालेपछि राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ।

यसैगरी नेपालमा पनि कोरोना संक्रमण दर र मृतक संख्यामा अत्यधिक वृद्धि भएपछि बेलायत सरकारले यात्रा प्रतिबन्ध लगाएको हो।

बेलायती नागरिक वा बेलायतको ‘रेसिडेन्स पर्मिट’ हुनेहरूलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर, उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ।

Facebook Comments

हरेक खबर खास खबर