९ असार २०७८, बुधबार
गृह अक्सिजन आपुर्तिका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य
अक्सिजन आपुर्तिका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

काठमाडौं। अब स्वास्थ्य तथा मन्त्रालयको सिफरिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन दिन नपाइने भएको छ।

स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र ९एचईओसी०ले शनिबार१० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको हो।


धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ। तर निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन्।

मन्त्रालयको निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोक्न थालेको एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल ले जनाएको छ। यसले उपचाररत विरामीहरु जोखिममा पर्नुका साथै नयाँ विरामी लिन नसक्ने अवस्था आउनसक्ने अफिनका महासचिव हेमराज दाहालले बताए।

सबै पक्षबीच छलफल गरेर अक्सिजनको व्यवस्थापनको विषयमा मापदण्ड बन्नुपर्नेमा राज्यले एकतर्फी र अव्यवहारिक ढंगले निर्णय गरेको भन्दै अफिनले आपत्ति जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर