४ असार २०७८, शुक्रबार
गृह एमाले विवाद निर्णयक मोडमाः खनाल–नेपाल समूहको बैठक आज बस्दै, सामूहिक राजिनामाको तयारी
एमाले विवाद निर्णयक मोडमाः खनाल–नेपाल समूहको बैठक आज बस्दै, सामूहिक राजिनामाको तयारी

काठमाडौं। नेकपा एमाले खनाल–नेपाल समूहको बैठक आज बस्दैछ। सत्तारुढ नेकपा एमालेको विवाद अब निर्णायक मोडमा पुगेका बेला पछिल्लो एक साताको छलफल र वार्ताबाट ठोस परिणाम निस्कन नसकेपछि आज एमालेको खनाल–नेपाल समूहले बैठक बस्ने भएको हो।

आजको बैठकले खनाल–नेपाल समूहका सांसदहरुको संयुक्त राजीनामा बुझाउने निर्णय गर्ने तयारी छ। भोलि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदै छन्।


संसदमा सहभागी नहुनका लागि आजै राजीनामा बुझाउने उक्त समूहको तयारी छ। एमालेमा देखिएको विवाद मिलाउनका लागि दोस्रो तहका नेताहरुले विभिन्न चरणमा वार्ताहरु गरेपनि नेपाल समूहले जेठ २ मा फर्कनुपर्ने अडान राखेको र ओली त्यसमा तयार नभएपछि ठोस सहमति हुन सकेको थिएन।

यससँगै, आज खनाल–नेपाल समूहले आफूसँग रहेका सांसदहरुलाई राजीनामा गराउने तयारी गरेको हो । आजको बैठकले सामूहिक राजीनामा संसद सचिवालयमा बुझाउने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर