९ असार २०७८, बुधबार
गृह संवैधानिक परिषदको बैठक जारी, प्रधानन्यायाधीश पनि सहभागी
संवैधानिक परिषदको बैठक जारी, प्रधानन्यायाधीश पनि सहभागी

काठमाडौं। संवैधानिक परिषद्को बैठक जारी छ। परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहान बालुवाटारमा डाकेको बैठकमार्फत केही संवैधानिक नियुक्ति गर्ने बताइएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा उपस्थित भएका छैनन्।


परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन्। देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

तर, परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन्। बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर