५ असार २०७८, शनिबार
गृह सत्ता समीकरणको खेल तीब्र, राजेन्द्र महतोसँगै देउवा निवास पुगे महन्थ ठाकुर
सत्ता समीकरणको खेल तीब्र, राजेन्द्र महतोसँगै देउवा निवास पुगे महन्थ ठाकुर

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आज विहानै कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन्। सत्ता समीकरणको खेल तीव्र विकास भइरहेका बेला जसपा र काँग्रेसका नेताबीचको भेटघाट तिब्र बनेको हो।

आफू पक्षका अर्का नेता राजेन्द्र महतोसहित देउवा निवास पुगेका ठाकुर अविश्वासको प्रस्तावको तयारीका बारेमा बुझ्न खोजिरहेका छन्। जसपाको उपेन्द्र बाबुराम पक्ष देउवासँगको गठबन्धनमै छ।


ठाकुर पक्ष नमिलेसम्म संसदमा विपक्षीको बहुमत नपुग्ने भएकाले देउवाले ठाकुर र महतोसँग छलफल गर्न चाहेका हुन् । ठाकुर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमा थिए।

सभापती देउवा शनिबार बसेको काँग्रेस बैठकबाट पनि राजनीतिक स्थिती गम्भरि हुने र जतिबेला जेसुकै निर्णय पनिदिनुपर्ने भन्दै बैठकबाटै बाहिरिएका थिए। उनी सत्ता समिकरणका लागि अन्य दलसंग पनि छलफल गर्न गएको बुझिएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर