४ असार २०७८, शुक्रबार
गृह यी हुन् राजीनामा दिन तयार एमाले माधव-झलनाथ पक्षका सांसद (सूचीसहित)
यी हुन् राजीनामा दिन तयार एमाले माधव-झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं। नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेसँगै असन्तुष्ट माधव-झलनाथ पक्षका सांसदहरुले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन्।

यस अघि ४३ को हाराहारीमा सांसद रहेको माधव नेपाल पक्षमा अहिले पनि ३५ देखि ३७ सांसद रहेको दाबी गरिएको छ। यस अघि ओलीले असन्तुष्ट पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका थिए।


स्पष्टीकरण सोधेकाबाहेक पनि नेपाल–खनाल पक्षमा ५ देखि ७ सांसद रहेका छन्। यसअघि नेपाल पक्षमा रहेका लालबाबु पण्डित, शेरबहादुर तामाङसहितका केही सांसद ओली खेमामा लागेका छन्।

तर, आज दुवै पक्ष सहमति जुटाउने अन्तिम प्रयास स्वरुप छलफलमा जुटेका छन्। माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भ्र्चुअल छलफलमा जुटेका छन्।

ओली निकटका नेताहरु पनि असन्तुष्ट पक्षसँग सहमति जुटाउन सकिने गरी उपायको खोजीमा लागिरहेको बुझिएको छ।

सहमति नजुटे सामूहिक राजीनामा दिएर जानेसम्मको चेतावनीस्वरुप हस्ताक्षर संकलन गरेका हुन्। अध्यक्ष ओलीले कारवाही फिर्ता नलिए राजीनामा दिएरै अगाडि बढ्ने उनीरुको तयारी बलियो छ।

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
झलनाथ खनाल, इलाम १, माधवकुमार नेपाल, काठमाडौं २,  योगेश भट्टराई, ताप्लेजुङ,  जयकुमार राई,सुनसरी १,  भवानी खापुङ,तेह्रथुम,  यज्ञराज सुनुवार, ओखलढुंगा,  गणेश पहाडी, सिन्धुली १, पवित्रा निरौला खरेल, झापा २,  जीवनराम श्रेष्ठ,काठमाडौं ८, नारायण खतिवडा, नुवाकोट १,  विरोध खतिवडा,मकवानपुर २,  सुरेन्द्र पाण्डे,चितवन १, घनश्याम भुसाल,रुपन्देही ३,  गोकर्ण विष्ट,गुल्मी १, मेटमणी चौधरी,दाङ १,  हिराचन्द्र केसी, दाङ ३, दिपकप्रकाश भट्ट,कञ्चनपुर ३,  राजवहादुर बुढा,दैलेख २,  झपट रावल, कैलाली २,  भीम रावल, अछाम १,  कृष्णलाल महर्जन, ललितपुर २ र सोमप्रसाद पाण्डे, पाल्पा खनाल।

नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

रामकुमारी झाँक्री, गुल्मी,  बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर,  मुकुन्द न्यौपाने, काठमाडौं, कल्याणीकुमारी खड्का, रौतहट, लक्ष्मीकुमारी चौधरी, कैलाली, गंगा चौधरी सत्गौवा, दाङ, निरादेवी जैरु, डडेलधुरा,  समिना हुसेन, रौतहट, पुष्पाकुमारी कर्ण यादव, पर्सा,  सरलाकुमारी यादव, रौतहट र  कालिला खान, तनहुँ।

याे पनि पढ्नुहाेस्: नेपाल समूहलाई धक्का, बहुमत सांसदहरुले राजिनामा नदिने संकेत

Facebook Comments

हरेक खबर खास खबर