४ असार २०७८, शुक्रबार
गृह देउवालाई भेटेर प्रधानमन्त्री भेट्न गए राजेन्द्र–महन्थ
देउवालाई भेटेर प्रधानमन्त्री भेट्न गए राजेन्द्र–महन्थ

काठमाडौं। नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवासंगको भेटवार्तापछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको निवास बालुवाटारतर्फ लागेका छन्।

पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन्।


देउवाको निजी निवास बुढालिकण्ठमा आइतबार बिहान दुई समूहका नेताहरुबीच डेढ घण्टा वार्ता भएको थियो। भेटमा जसपाका अर्का नेता राजेन्द्र महतो समेत सहभागी थिए।

जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको भन्दै उनका कुराका पछि नलाग्न सुझाव दिएको बताइएको छ। जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन्।

ठाकुर र महतोले आफूहरूबीच कुनै विवाद नभएको र उपेन्द्र(बाबुराम पक्षले खटपटको खबर बाहिर प्रचार गराएको देउवालाई बताएका छन्।

ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेकाले पार्टीको निर्णय नहुन्जेल जसपाको भर परेर कुनै निर्णयमा नपुग्न देउवालाई सुझाएका स्रोतले जनाएको छ।

ठाकुरले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका छन्। अध्यक्ष ठाकुरले सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने समेत बताए।

Facebook Comments

हरेक खबर खास खबर