३१ जेष्ठ २०७८, सोमबार
गृह संवैधानिक परिषद्को बैठक: लोकसेवा लगायत संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस
संवैधानिक परिषद्को बैठक: लोकसेवा लगायत संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडौं। लेकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायमा नियुक्तिको सिफारिस गर्दै संवैधानिक परिषद्को बैठक सकिएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। कुन–कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण भने प्राप्त भएको छैन।


यद्यपी विपक्षि दलका नेता शेर बहादर देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्। आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर