३१ जेष्ठ २०७८, सोमबार
गृह चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो
चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीनको अनियन्त्रित लंग मार्च ५बी रकेट हिन्द महासागरमा खसेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, रकेट आईतबार श्रीलंका र माल्दिभ्सको बीचमा कतै पानीमा खसेको छ।

अमेरिकाको स्पेस फोर्स डेटाअनुसार, यो रकेट १८ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतिर आइरहेको थियो। कहाँ खस्ने भन्ने कुनै पनि निश्चित नभएपनि रकेट खस्दा कसैलाई हानिनोक्सानी नभएको बताइएको छ।


२०२१–०३५बी नामक यो रकेट १०० फीट लामो र १६ फीट चौडा थियो।Map: Image shows the approximate landing point of the rocket

वायुमण्डलमा प्रवेश गर्दा यसको ठूलो भाग जल्यो र बाँकी भाग पानीमा खस्यो। चीनले यस रकेटको सहायताले अन्तरिक्षमा बनाइने आफ्नो स्पेस स्टेसनको पहिलो भाग पठाएको थियो। त्यस मोड्युलको नाम थ्याँह राखिएको छ।

अन्तरिक्ष अन्वेषणमा चीनले निकैपछि मात्र हात हालेको हो। रुस र अमेरिकापछि सन् २००३ मा मात्र पहिलोपटक अन्तरिक्षयान पठाएको चीनले सन् २०२२ सम्ममा आफ्नै अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याउने महत्वकांक्षी योजनासहित काम गरिरहेको छ।

गएको अप्रिल २९ मा पृथ्वीको सतहभन्दा ३७५ किलोमिटरमाथि दीर्घवृत्ताकार (इलिप्टिकल) कक्षमा उडाइएको थियो। १८ टन तौल भएको रकेटको सो भागलाई वायुमण्डलबाट नियन्त्रित रूपमा खसेको पछिल्ला केही दशकयताकै सबैभन्दा ठूलो वस्तु बताइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर