३१ जेष्ठ २०७८, सोमबार
गृह नेपाल समूहलाई धक्का, बहुमत सांसदहरुले राजिनामा नदिने संकेत 
नेपाल समूहलाई धक्का, बहुमत सांसदहरुले राजिनामा नदिने संकेत 

काठमाडौ। नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले गरेको सांसदको राजीनामा सम्बन्धि निर्णय विवादमा परेको छ। शनिबार नेपाल–खनाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुभन्दा बरु सांसद पदबाटै राजीनामा दिने निर्णय गरेको थियो ।

नेपाल समूहका नेता तथा सांसद सुरेन्द्र पाण्डेले सांसदहरुले सामूहिक राजीनामा दिने विषयमा निर्णय नभएको बताएका छन्।


खासखबरसंग कुराकानी गर्दै सांसद गंगा चौधरीले आफुले प्रधानमन्त्रीलाई विशवासको मत दिने बताएकी छन्। आफुलाइ एमाले पार्टीले बनाएको भन्दै उनले प्रधानमन्त्रीलाइ विश्वासको मत दिने र आफुहरुसंग विश्वसकै मत दिने सांसदहरुको बाहुल्यता रहेको पनि दावी गरिन्।

यस्तै सांसद हिराचन्द्र केसीलगायतका केहि सांसदहरुले पनि राजीनामा नदिने बताइसकेका छन्। राजीनामा नदिने सांसदहरुको संख्या बढ्दै जाँदा नेपाल समूहको निर्णय र रणनतिमा नै धक्का लाग्ने भएको छ।

आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार गिराउन लागेका नेपाल–खनाल समूहको निर्णय आफ्नै सांसदहरु नमान्ने भएछि धक्का लागेको हो।

प्रधानमन्त्री ओली सोमबार संसदबाट विश्वासको मत लिँदैछन्। तर, उनकै पार्टीका नेपाल–खनाल समूहले भने विश्वासको मत नदिनका लागि सांसद पदबाटै राजीनामा दिने निर्णय गरेको हुन्। सांसदहरुले भने उक्त निर्णयलाई अवज्ञा गर्ने उद्घोष गरिसकेका छन्।

Facebook Comments
+ posts

धर्मराज भट्ट खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।