३१ जेष्ठ २०७८, सोमबार
गृह २० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर
२० दिने शिशुले जिते कोरोना, निको भएर फर्किए घर

काठमाडौं। भारतको चण्डीगढकी सन्दीप कौर अप्रिलको सुरुवातमै आमा बनिन्। बाबु उनीहरुले छोराको नाम ‘सुखदीप’ राखे। तर, जन्मिएको केवल २० दिनमै छोरा कोरोना संक्रमित भए।

यी शिशुलाई निकै ज्वरो आएपछि अस्पताल भर्ना गर्नुप¥यो। नवजात शिशुलाई सन्दीपले न दूध पिलाउन सकिन्, न त छातीमै टाँसेर राख्न सकि। छोराको जिन्दगीका लागि प्रार्थना गर्नुबाहेक अरु उपाय थिए।


१० दिनपछि शुक्रबार यी नवजात शिशु पञ्जाव इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिआईएमएम) जालन्धरबाट डिस्चार्ज भएका छन्। यतिबेला बाबु गुरदीप भन्दै थिए, ‘भगवानले हाम्रो प्रार्थना सुन्नुभयो।’ पञ्जाव कपूरथलाका गुरदीपका अनुसार छोरामात्रै संक्रमित थिए, तर उनकी पत्नी संक्रमित थिइनन्।

अहिले आरटी र पिसिआरसहित सबै स्वास्थ जाँच गरिएपछि सुखदीपलाई डिस्चार्ज गरिएको छ र आमा सन्दीपले फेरि काखमा लिएकी छिन्।

‘ईश्वरको कृपाले मेरो नाति स्वस्थ भएर घर फर्किएको छ। डाक्टरहरुले उसको निकै राम्रो हेरचाह गरेका छन्, त्यसका लागि धन्यवाद,’ सुखदीपकी हजुरआमा कुलविन्दर कौरले भनिन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर