३१ जेष्ठ २०७८, सोमबार
गृह एमाले एकताको अन्तिम प्रयासः सिंहदरवारमा माधव नेपालसँग ओली पक्षको वार्ता
एमाले एकताको अन्तिम प्रयासः सिंहदरवारमा माधव नेपालसँग ओली पक्षको वार्ता

काठमाडौं। नेकपा एमाले का तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला आफ्नो तर्फबाट वार्ता गर्न नेता पठाएका छन्।

ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ ओलीका आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका हु्न्।


यो भेटघाटलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भएको पनि बताइएको छ। माधव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणी चौधरीलगायतका नेता सहमागी छन्।

पौडेल र नेम्वाङ यसअघि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा प्रयासरत थिए तर दुबै पक्षका आ–आफ्नै अडानले वार्ता सफल हुन सकेको थिए।

नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएको बताइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर