४ असार २०७८, शुक्रबार
गृह नेप्से दोहोरो अंकले घट्यो
नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं। साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक आज १८.५६ अंक घटेको छ। नेप्से घटेपनि कारोबार भने उत्साहजनक नै भयो।
दोहोरो अंकले घटेको बजार २६१८.५६ विन्दुमा रोकिएको छ।

आइतबार १ करोड २७ लाख २८ हजार १२५ कित्ताको किनबेचमा नेप्से ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रूपैयाँ बराबरको कारोबार भएको छ।


आज समता लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ। सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २८ करोड बराबर भएको छ।

कुमारी बैंक लिमिटेडको पनि २८ करोड बराबरको नै कारोबार भएको छ। आज सबै उप समूहका परिसूचक घटेका छन्।

Facebook Comments

हरेक खबर खास खबर