३१ जेष्ठ २०७८, सोमबार
गृह कोरोनाबाट थप ५२ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए
कोरोनाबाट थप ५२ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए

काठमाडौं। पछिल्लाे २४ घण्टामा नेपालमा थप ५२ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका ५२ मृतकसंगै मृत्यु हुनेको कुल संख्या ३ हजार ६८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन परीक्षणबाट उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर