४ असार २०७८, शुक्रबार
गृह पार्टी एकताको पक्षमा अपील गर्दै ओलीले भनेः कसैलाई पनि काखा पाखा गर्दिन
पार्टी एकताको पक्षमा अपील गर्दै ओलीले भनेः कसैलाई पनि काखा पाखा गर्दिन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन्। आइतवार प्रेस वक्तव्य जारी ओलीले गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका हुन्।

उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन्। आफूले कसैलाई पनि काखा पाखा नगर्ने समेत उनले बताए।


ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन्।

उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन्।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर