३१ जेष्ठ २०७८, सोमबार
गृह ओलीलाई विश्वासको मत दिनेबारे यस्तो भयो जसपाको निर्णय
ओलीलाई विश्वासको मत दिनेबारे यस्तो भयो जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ।

जसपाको आइतबार बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मत विभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो।


जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो। अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो।

पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो। ‘विश्वासको मतको पक्ष, विपक्ष वा तटस्थ बस्नेबारे पार्टीको कुनै निर्णय छैन।

Facebook Comments
+ posts

हरेक खबर खास खबर