५ असार २०७८, शनिबार
गृह माधव नेपाल पक्षका सांसदको बैठक जारी, संसद् बैठकअघि राजीनामा दिनेबारे छलफल
माधव नेपाल पक्षका सांसदको बैठक जारी, संसद् बैठकअघि राजीनामा दिनेबारे छलफल

काठमाडौं। नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरूको छलफल सिंहदरबारमा जारी छ। आइतवारदउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन।

आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले सोमवार संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले जानकारी दिए।


माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै गर्न नचाहेको सङ्केत मिलेको चौधरीको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर