३१ जेष्ठ २०७८, सोमबार
गृह ओलीलाई माधव पक्षकाे भोलि विहान ९ बजेसम्मको अल्टिमेटम
ओलीलाई माधव पक्षकाे भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ। पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको हो।

माधव नेपाल पक्षका सांसदरुको बैठकले विहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको नेता योगेश भट्टराईले बताए।


यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने पनि उनले बताए।

९ बजेसम्म ओलीले सम्बोधन नगरे साँढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए।

आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले सोमवार संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा छलफल भएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर