९ असार २०७८, बुधबार
गृह स्पेनिस ला लिगा: रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल
स्पेनिस ला लिगा: रियल मड्रिड शीर्ष स्थानमा पुग्न असफल

सेभियासँग २–२ गोलको बराबरी खेलेपछि स्पेनिस ला लिगामा सिजनको तीन खेल बाँकी रहँदा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

घरेलु मैदान सान्टियागो वर्नबाउमा भएको खेलको इन्जूरी समयमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि रियलले कम्तिमा १ अंक पाएको हो।


टोनी क्रुजको प्रहार डिफ्लेक्ट हुँदा रियलले दुईपल्ट पछि परेर पनि बराबरी गर्न सक्यो। बराबरीपछि एट्लेटिको मड्रिडभन्दा २ अंकले पछाडि छ।
फर्नान्डो रेगेजले २२ औं मिनेटमा गरेको गोलमार्फत पाहुना टोलीले पहिलो हाफमा अग्रता बनाएको थियो। सब्स्टिच्युड मार्को एसेन्सियोले ६७ औं मिनेटमा बराबरी गोल फर्काए।

तर ७८ औं मिनेटमा बार्सिलोनाका पूर्व मिडफिल्डर इभान राकिटिचले पेनाल्टीमा गोल गरी पुनः सेभियालाई अगाडि बढाए। इडर मिलिटोले बक्सभित्र ह्याण्ड गरेपछि सेभियाले पेनाल्टी पाएको थियो।

रियल मड्रिडले खेलको १२ औं मिनेटमै अग्रता बनाएको थियो । तर करिम बेन्जिमाको हेड गोललाई भिडियो असिस्टेन्ट रेफ्री ९भार०ले अफसाइड दिएको थियो।

सिजनको तीन चरणका खेल बाँकी रहँदा एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा छ भने रियल र बार्सिलोना समान ७५ अंकसहित क्रमसः दोस्रो र तेस्रो स्थानमा छन्। अघिल्लो दिन एट्लेटिको र बार्सिलोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

रियललाई हराउन सकेको भए सेभियाको पनि उपाधि सम्भावना बलियो हुन सक्थ्यो। समान खेलबाट सेभिया ७१ अंकसहित चौथो स्थानमा छ।

Facebook Comments

हरेक खबर खास खबर