९ असार २०७८, बुधबार
गृह भारतले कोरोनाबिरुद्धको लडाँइमा सेनाका अवकासप्राप्त डाक्टरको सेवा लिने
भारतले कोरोनाबिरुद्धको लडाँइमा सेनाका अवकासप्राप्त डाक्टरको सेवा लिने

नयाँ दिल्ली। कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहेको भारतले सेनाबाट अवकाशप्राप्त चिकित्सकहरुको पनि सेवा लिने भएको छ।
रक्षा मन्त्रालयलेस्वास्थ्य प्रणालीलाई मजबुत बनाउन पूर्वसैन्य चिकित्साकर्मीहरुलाई काममा खटाउने निर्णय भएको जानकारी आइतबार दिएको हो।

मन्त्रालयका अनुसार करिब चार सय जना त्यस्ता अधिकारीहरुलाई अधिकतम ११ महिनाको लागि काममा खटाइने छ।


भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दै आएको छ । विगत दुई दिनको अवधिमा लगातार चार हजारभन्दा धेरै संक्रमितको ज्यान गएको छ। संक्रमण नियन्त्रणमा लिने कोशिसमा जुटिरहेको भारत सरकारले धेरैजसो राज्यहरुमा लकडाउन जारी गरेको छ। मानिसहरुको आउ–जाउमा कडा प्रतिबन्ध लगाइएको छ।

यसअघि ड्रोनबाट औषधि ढुवानी गर्न अनुमति दिएको थियो। राज्य सरकारहरुले मानिसहरुको भिडभाड हुने गतिविधिमा रोक लगाएका छन्। आपतकालीन सेवाबाहेक सिनेमा हल, रेष्टुरेन्ट, शपिङ मल बन्द गरिएको छ।

छिटफुट रात्रिकालीन कफ्र्यु लगाएर समस्याको समाधानको कोसिस गरिरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीमाथि देशव्यापी लकडाउनको घोषणा गर्ने दबाब बढेको छ। भारतीय चिकित्सा संघ (आईएमए) ले नाइट कफ्र्यु र केही प्रतिबन्धको सट्टा देशव्यापी लकडाउन गर्न माग गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर