४ असार २०७८, शुक्रबार
गृह अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा
अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ। शुक्रबार उक्त इन्धन पाइपलाइनमा र्‍यानसमवेयर साइबर हमला भएको हो।

ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि  अमेरिकाको सरकारले आपतकाल घोषणा गरेको छ  र सेवा शुरू गराउने प्रयास गरिरहेको छ।


उक्त र्‍यानसमवेयर साइबर हमला डार्कसाइड नामक साइबर ग्रुपले गरेको बताइएको छ। अमेरिकाको कोलोनियल पाइपलाइनमा साइबर अट्याक भएको हो। यसले दैनिक २५ लाख ब्यारेल इन्धन आपूर्ती गर्छ।

विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्छ। तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ।

विभिन्न सूत्रहरूले उक्त र्‍यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्। सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए।

त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए। फिरौती वा र्‍यान्सम नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गरिदिने तिनले धम्की दिएका छन्।

कोलोनियल कम्पनीले उसले अधिकारीहरू, साइबर सुरक्षा विज्ञहरू तथा ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुनर्स्थापित गर्ने काम गरिरहेको बताएको छ।

आइतवार साँझ भने उसले चार मुख्य लाइनहरू अफलाइन भए पनि साना लाइन सञ्चालन गरेको बताएको छ। तेल बजारका एक स्वतन्त्र विश्लेषक गौरव शर्माले बीबीसीसँग कुरा गर्दै यो घटनाका कारण ठूलो परिमाणमा इन्धन टेक्ससको प्रशोधनस्थलमा अड्किएको बताए।

जोन्स एक्ट नामक कानुनमा गरिएको आपत्कालीन संशोधनले तेललाई ट्याङ्करहरूमार्फत् न्यूयोर्क पुर्‍याउने ढोका खोलिदिन्छ।

तर पाइपलाइनको क्षमताको तुलनामा यसरी गरिने ढुवानी निकै कम हुने शर्माले बताए।

Facebook Comments

हरेक खबर खास खबर