१० असार २०७८, बिहीबार
गृह एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। यसपालीको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ।

सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।  कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे।


कोरोनाभाइरसको संक्रमण बढ्दै गएसंगै सरकारले बिभिन्न शैक्षिक संस्था सँगै अन्य क्षेत्र पनि ठप्प छन्।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ(आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने पनि बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर