१० असार २०७८, बिहीबार
गृह माधव नेपाल पक्षलाई ओलीको आग्रहः हतारमा अनुचित निर्णय नलिनु, सँगै बसेर छलफल गरौं
माधव नेपाल पक्षलाई ओलीको आग्रहः हतारमा अनुचित निर्णय नलिनु, सँगै बसेर छलफल गरौं

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतारोमा कुनै पनि अनुचित निर्णय नलिनमाधव नेपाल पक्षको ध्यानाकर्षण गराएका छन्।

आईतबार ट्पीट गर्दैप्रधानान्त्री ओलीले एमालेका सांसदहरूलाई सम्बोधन गर्दै छलफलको लागि आह्वान गरेका हुन्। माधव नेपाल पक्षलाई नेपाल पक्षलाई सम्बोधन गर्दै ओलीले आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्।


उनले लेखेका छन्: ‘ हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

त्यसअघि नेकपा एमाले विभाजनको नजिक रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका थिए।

ओलीले सोमबार विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने खनाल(नेपाल समूहले चेतावनी दिएको छ।

नेपाल समूहको आइतबार बसेको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो।

एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी पनि दिइएको छ।

वरिष्ठ नेता नेपालले पठाएको पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनु गल्ती भएको औंल्याइएको छ।

ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन्।

विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ।
आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपिलप्रति नेता नेपालले आपत्ति जनाएका छन्

Facebook Comments

हरेक खबर खास खबर