३१ जेष्ठ २०७८, सोमबार
गृह माधव पक्षको निर्णयः राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने
माधव पक्षको निर्णयः राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं। नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको सांसदहरूको बैठकले यस्ताे निर्णय गरेकाे हाे। राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने? भन्ने प्रश्न बैठकमा उठेकाे थियाे।


बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने र राजीनामा पनि नदिने निर्णय गरेको नेता भीम रावलले बताए।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछिस्थायी कमिटी सदस्यहरूकाे  छलफलले यस्ताे निर्णय गरेकाे हाे।

Facebook Comments
+ posts

हरेक खबर खास खबर