१० असार २०७८, बिहीबार
गृह संविधानलाई कोरोना लागेजस्तो, आइसीयूमा राखेजस्तो भयोः प्रचण्ड
संविधानलाई कोरोना लागेजस्तो, आइसीयूमा राखेजस्तो भयोः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) अहिलेको समयमा संविधानलाई नै कोरोना लागेको र संविधान नै आइसीयुमा राखेजस्तो भएको बताएका छन्।

प्रतिनिधिसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानलाई घाइते पारिएको बताएका हुन्।


पार्टीभित्र आफू र प्रधानमन्त्रीबीच भएको बहसलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो रिस सम्मानित संसदमाथि पोखेको बताए।

Facebook Comments

हरेक खबर खास खबर