९ असार २०७८, बुधबार
गृह गायक प्रकाश सपूतले जिते काेराेना
गायक प्रकाश सपूतले जिते काेराेना

काठमाडौंँ। गायक प्रकाश सपूतले काेराेना जितेका छन्। मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’


उनले अगाडि लेखेका छन्– ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद। कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाँड्न चाहन्छौ।’ सपुतले आफ्नो आमा भने अझै कोरोनासँग जुधिरहेको समेत बताएका छन्। उनले अगाडि भनेका छन्, ‘आमाले पनि कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ।

Facebook Comments

हरेक खबर खास खबर