१० असार २०७८, बिहीबार
गृह प्रदेश प्रमुखले राजनीतिक बितन्डा मच्चाउनुभयो, मुुख्यमन्त्री गुरुङलाई फेल गराउछौँः कृष्णचन्द्र नेपाली(भिडियाे)
प्रदेश प्रमुखले राजनीतिक बितन्डा मच्चाउनुभयो, मुुख्यमन्त्री गुरुङलाई फेल गराउछौँः कृष्णचन्द्र नेपाली(भिडियाे)

काठमाडौं। गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले दोश्रोपटक मुख्यमन्त्रीको शपथ लिएका छन्।

नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेपनि दाबी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेको हो।


यो संगै विपक्षी गठबन्धन आक्रोशित भएको छ। काँग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखले पदीय मर्यादाअनुसार काम नगरेको आरोप लगाए। साथै प्रदेश प्रमुखले राजनीतिक बितण्डा मच्चाएको पनि उनको आरोप छ।

खसखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, हामीले कसरिराजनीतिक बितण्डा मच्चायौँ बितण्डा त प्रदेश प्रमुखले मच्चाउनुभयो। संविधान लत्याएर उहाँ जानुहुन्छ त्यसलाई बितण्डा देख्नुहुन्न, अनि संविधान अनुरुप पार्टी गठबन्धन गर्नेलाइ कसरि बितण्डा भन्नुहुन्छ।’

यस्तै नेपालीले प्रदेश प्रमुखले पार्टीले अह्राएको कार्यकर्ताका हिसाबले काम गरेको पनि आरोप लगाए। प्रदेश प्रमुखले संविधानको धारा १६८ को दुईलाई ओभरल्याप गरेर ३ मा प्रवेश गर्नु संविधान विपरीत भएको उनको भनाइ छ। ‘संवैधानिक व्यवस्थालाई कुल्चिने कुरा भयो । उहाँले असंवैधानिक कदम चाल्नुभयो भन्ने हाम्रो निष्कर्ष हो।’

यस्तै उनले अब मुख्यमन्त्रीलाई विश्वासको मत लिन आउँदा फेल गराउने बताए। उनले भने, अब मुख्यमन्त्रीले विश्वासको मत माग्न आउँदा फेल गराउछौँ, यो असंवैधानिक कदमलाई सललाह गरेर हामी, चारै दलको सल्लाहले जान्छौँ।’

प्रदेश प्रमुखको असंवैधानिक कदमका विरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे चार दलबीच छलफल भइरहेको उनको भनाई छ।

Facebook Comments

हरेक खबर खास खबर