३१ जेष्ठ २०७८, सोमबार
गृह कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो, यस्तो छ कारण
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्यामा नेपालले चीनलाई उछिन्यो, यस्तो छ कारण

कोरोनाभाइरस महामारीबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्यामा नेपालले चीनलाई उछिनेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ४,८५६ जनाको कोभिड-१९ सम्बन्धी कारण मृत्यु भएको छ जुन उत्तरी छिमेकी चीनभन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीनमा त्यही अवधिमा कोरोनाभाइरसका कारण ४,८४६ जनाको मृत्यु भएको छ।


बीबीसी भिजुअल एन्ड डेटा जर्नलीजम टीमले तयार पारेको रिपोर्ट अनुसार चीनमा प्रति एक लाखमा ०.३ को मृत्यु भएको छ। नेपालमा भने प्रति एक लाखमा १५.९ को मृत्यु भएको छ जुन हाल एशियामै सर्वाधिक सङ्ख्या मध्येमा पर्छ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा निमोनियाका क्लस्टर केसहरू फेला परेका थिए जसलाई पछि गएर कोरोनाभाइरसका रूपमा पहिचान गरिएको थियो। सन् २०२०को ज्यानुअरी महिनामा कोरोनाभाइरस सङ्क्रमण विभिन्न देशहरूमा फैलिन सुरु भएको थियो।

सन् २०२०को मार्च ११मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। चीनको जनसङ्ख्या १ अर्ब ४४ करोड भन्दा बढी छ भने नेपालको जनसङ्ख्या ३० करोडको हाराहारीमा छ।

यस्तो छ कारण

नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख महेशकुमार मास्के चीनमा भएका कोभिड सङ्क्रमणका घटना र मृत्यु दुबैलाई हेरिनुपर्ने बताउँछन्। भौगोलिक र जनसङ्ख्याका हिसाबले ठूलो राष्ट्र चीनमा पुष्टि भएका सङ्क्रमणका घटना नेपालमा भन्दा कम देखिन्छ।

बीबीसी भिजुअल एन्ड डेटा जर्नालीजम टीमले पछिल्लो पटक अद्यावधिक गरेको तथ्याङ्क अनुसार चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या १०२,६८१ छ। उक्त समयमा नेपालमा ४३१,१९१ सङ्क्रमण पुष्टि भएको उल्लेख छ।

चीनमा कोभिडको पहिलो लहरका बेला सङ्क्रमितहरूको सङ्ख्या करिब ८६ हजार को हाराहारीमा रहेको र त्यसबेला त्यहाँ करिब ४ हजारको मृत्यु भएको मास्के बताउँछन्।

‘केही थाहा नभएको बेला चीनले यो महामारीको सामना गर्नुपरेको थियो। चीनको सफलता के कुरामा हो भने उसले नयाँ केस ९सङ्क्रमितहरू० बन्ने स्थिति नै रोक्न सफल भयो,’ उनले भने।

चीनको अनुसार, नियम र कानुन कडा रहेको र केन्द्रीय निकायले गर्ने नेतृत्व सबल रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बासुदे पाण्डेको बताउँछन्।

‘हाम्रो कमजोरी भनेको कसले कसलाई के भन्ने हो भनेर भन्दा भन्दै जीवन गुमाउने सबैभन्दा ठूलो कुरा छ,’ उनले भने।

रोगको अनुगमन देखि कनट्याक्ट ट्रेसिङ लगायत सबै कुरामा चुस्त रूपमा नेपालले काम गर्न नसकेको कारण पछिल्लो परिस्थिति उत्पन्न भएको उनी बताउँछन्।

त्यसबाहेक नेपालमा अनुसन्धान र वैज्ञानिक तथ्य विना नै प्रतिरोधी क्षमता बढी भएको भनिएको र ती सबै कुराले पनि जोखिमपूर्ण अवस्थामा नेपाललाई ल्याइपुर्‍याएको उनको भनाइ छ।

Source: BBC

Facebook Comments
+ posts

हरेक खबर खास खबर