३१ जेष्ठ २०७८, सोमबार
गृह नेपालमा थप ७ हजार ३६८ कोरोना संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज
नेपालमा थप ७ हजार ३६८ कोरोना संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ३६८ जनामा कोरोनाभाईसर संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।


काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।

यसतै २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

यस्तै २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमण भएर निको हुनेको दर ७४.६ प्रतिशत रहेको गौतमले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर