१० असार २०७८, बिहीबार
गृह बदलिने छ खोक्रो राजनीति अनि बन्नेछ मेरो देश …
बदलिने छ खोक्रो राजनीति अनि बन्नेछ मेरो देश …

काठमाडाैं। राजनीति प्रबुदि र खराब प्रवृत्तिले गर्दा राजनीतिक शब्द नै अप्रिय बनेको छ। राजनीति भन्ने बित्तिकै छलकपट, जालझेल बुझिन्छ।

राजनीतिक परिवर्तनले आम नागरिकको जीवनसँग गाँसिएको पीडा र समस्याको वास्तविक कुरालाई सम्बोधन गर्न नसक्नुको कारणले समाजिक आर्थिक र जातीय समस्याहरू बढ्दै गरेको पाइन्छ। राज्यको जिम्मेवारी लिएका पार्टीहरूले भाषणमा खोक्रो आश्वासन मात्र दिन्छन् परिणाम स्वरुप राजनीतिक परिवर्तनको अनुभूति भने गर्न पाइदैन।


राजनीतिलाई धन्दाको रुपमा र पार्टीलाई व्यवसायको रुपमा प्रयोग गरिन्छ। जबसम्म यस्तो प्रवृति रहन्छ तब सम्म राज्यको परिवर्तनमा समेत भिन्नता आउँदैन। समाज परिवर्तन भएपनि जब सम्म सत्तामा रहेको पार्टी वा ब्यक्तिको खराब आचरण , व्यवहार , परिवर्तन हुँदैन तब सम्म समृद्ध र आमूल परिवर्तन भने आउँदैन।

सिद्धान्त , उद्देश्य बिना स्वार्थी राजनीतिले गर्दा देशले परिवर्तनमा मुहार फेर्न सकेको छैन। सत्ता र पदको लोभमा मरी मेटेका पार्टीहरूले जब सम्म विकास र समृद्धिको पछि लाग्दैछन् तब सम्म राजनैतिक परिवर्तन हुनेछैन।

नेताले देश खोक्रो बनायो र शान्तिको भूमि भनी चिनिने नेपाललाई हत्या, हिंसा , बलात्कार र अशान्ति देशमा सिर्जना गरायो ,सिदा साधा जनताहरूलाई बलिको पात्र बनाइन्छन्।

राजनीति दिगो परिवर्तन होस भनी गरिन्छ तर यहाँ जनता सिटामोल, अक्सिजन र समयमा उपचार नपाएर मरिरहेका छ्न्। जब देशमा गणतन्त्र आयो तब देश झन झन ओरालो तर्फ लाग्न थाल्यो र ठूला बडा लाई एैस आराम र जनता तलको तल रहे।

देशमा संकट अवस्था सिर्जना भएको अवस्थामा पनि नेताहरूलाई भने पद बचाउने र कुर्सीको खेल तिर ठिक छ्न्। राज्य परिवर्तनको लागि राजनीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यदि सत्तामा सक्षम व्यक्ति छ्न्। भने त्यो राज्यले सजिलै परिवर्तन हुन्छ र छोटो समयमा नै आमूल परिवर्तन ल्याउन सकिन्छ।

कसैलाई कुखुरा मारेको आरोपमा जेल सजाय हुन्छ भने कसैलाई मान्छे मारेका कारण पुरस्कृत गरिन्छ। कसैलाई महिला सँगै बोलेको आरोपमा बलात्कारको पगरी भिराइन्छ भने जो बलात्कारी हुन उनी खुलमा खुला हिँडिरहेका छ्न्

जो इमानदार छन तिनको खरियत छैन।  पीडित झन झन पीडित हुँदै गइरहेका छन् यहाँ ?? राज्य सञ्चालन गर्न नयाँ सोच र दिगो परिवर्तन को आवश्यक छ।

अब देश चलाउने जिम्मा युवालाई दिनु पर्दछ ।

Facebook Comments

हरेक खबर खास खबर