३१ जेष्ठ २०७८, सोमबार
गृह कोरोनाबाट भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै उच्चः एकै दिन ४ हजार ५२५ मृत्यु
कोरोनाबाट भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै उच्चः एकै दिन ४ हजार ५२५ मृत्यु

काठमाडौं। भारतमा कोभिड१९ बाट एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । कोभिड१९बाट एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ।कोरोना संक्रमण हुनेको संख्या घटे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको ेभारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५२५ जनाले ज्यान गुमाएका छन्।

सोमबार ४ हजार ३४० जनाको मृत्यु भएको थियो। त्यस्तै, आइतबार ४ हजार ९२ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार २७६ पुगेको छ।पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार १७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ। सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५रहेको छ।


Facebook Comments
+ posts

हरेक खबर खास खबर