३१ जेष्ठ २०७८, सोमबार
गृह आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै
आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदै

काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (जेठ ५ गते बुधबार) १७ वटा उडान तथा अवतरण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा उडान तथा अवतरण हुने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले हवाई उडान बन्द गरेको छ। अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सबै बन्द छन्। भारतको दिल्लीमा सातामा २ उडान र चार्टर तथा उद्धार उडान भने चलिरहेका छन्।

आज अवतरण हुनेमा ४ वटा उडान तथा अवतरण हिमालय एयरलाइन्स र ९ वटा उडान तथा अवतरण नेपाल एयरलाइन्सले गर्ने छ। यसैगरी, सिचुवान र एयर चार्टर सर्भिसको एकरएक उडान अवतरण हुने विमानस्थल कार्यालयले बताएको छ।


Facebook Comments
+ posts

हरेक खबर खास खबर