३१ जेष्ठ २०७८, सोमबार
गृह लमजुङमा भूकम्प अपडेट: घर भत्किँदा २ जना घाइते
लमजुङमा भूकम्प अपडेट: घर भत्किँदा २ जना घाइते

पोखरा। लमजुङमा भूकम्पले घर भत्किँदा २ जना घाईते भएका छन्। जिल्लाको बेशिसहर नगरपालिकाको चनौटेमा गणेश बहादुर राउतको घर भत्किँदा घरभाडा लिइ बस्ने एकजना पुरिएर घाइते भएको नगरपालिकाका अध्यक्ष गुमन सिंह अर्यालले जनाकारि दिए।

अर्यालका अनुसार रामचोकमा थाँते र भार्तोकमा पनि केहि घर भत्किएको छ।


यस्तै रामचोकमा पनि थप एकजना घाइते भएको अर्यालले बताए। घाईते दुबैजनाको लमजुङ सामुदायीक जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर