१० असार २०७८, बिहीबार
गृह सरकारको बलि बन्दै जनता
सरकारको बलि बन्दै जनता

रोशन पाण्डेय,काठमाडौं। महामारीको अवस्थामा पनि सरकारको बेमत्लबीपनले गर्दा जनताले ज्यान गुमाउन पुगेका छन्।  यदि जनताको ज्यान अक्सिजन , स्वास्थ्य उपचार ,र प्राथमिक उपचार  नपाएर जान्छ भने त्यो सरकारले गरेको हत्या हो।

विश्व कोरोनाको कारणले त्रसित भएको अवस्थमा हाम्रो सरकार भने जनताको सम्पूर्ण आश र भरोसा अनि जनताको ज्यान छोडेर आफ्नो सत्ताको लागि मरिमेटी रहेको अवस्था रहिआएको छ।


बिरामीहरू  उपचारको लागि बेड भर्ना हुने ठाउँ अनि बेड छैन तर उच्च पदमा रहेका ब्यक्तिहरू भने यस प्रती कुनै चासो देखाएका छैनन्।  

नेपालको संविधान २०७२ मा मौलिक हक को रुपमा स्वास्थ्य सम्बन्धी हकलासुनिश्चित गरिएता पनि यस्लाइ जनताले उपभोक गर्न भने पाएका छैनन् । यो संविधानमा नै सीमित रहेको छ।

आफ्नो कर्तव्यको पालना गरेपनि अधिकार भने पाएका छैनन्। जनताले उपचार गर्न पाउने उनको अधिकार हो , तर सरकार अवस्थितिकै कारणले उनले आफ्नो अधिकार पनि उपभोग गर्न पाएका छैनन्।  

राज्यका उच्च स्तरमा रहेका ब्यक्तिहरू जनता प्रति उत्तरदायी रहेको देखिदैन। दिनहुँ सय , दुई सय ज्यान अक्सिजनको कमीले गुमाइरहँदा पनि  जनताका प्रतिनिधि भने अक्सिजन भन्दा पनि लास  जलाउन दाउराको कमी नहोस् जस्ता गैरजिम्मेवार शब्दहरू र
कार्यहरूले  गर्दा नेपाली जनता अलपत्र परेका  छन्।  

राज्य साधक कर्ता भने आफ्नो पद बचाउन मा व्यस्त छन्। नत कोरोनाको खोप नै सम्पूर्ण जनतालाई दिन सकेका छन्।  नत जनतालाई महामारीको रुपमा फैलिएको कोरोनाको उपचार नै दिन सकेका छन्। मानवता बिहिन जस्ता गतिविधि राज्यका प्रमुख व्यक्तिहरूले गरिरहेका छन्।  

राजनीतिक ब्यक्तिहरू प्रति जनताले आश र विश्वास  गुमाइसकेका छन्। यदि राज्य सञ्चालन गर्न नयाँ पुस्तालाई दिने हो भने त्यसको परिणाम पनि फरक नै पाउन सकिन्छ। अब राज्य सञ्चालन गर्न जनता र राजनीतिज्ञ  सचेत हुन जरुरी छ , जसको परिणाम जनताले सकारात्मक भोग्न सकुन्। 

Facebook Comments

हरेक खबर खास खबर