३१ जेष्ठ २०७८, सोमबार
गृह जसपामा एकपछि अर्को स्पष्टिकरण, ठाकुर लगत्तै उपेन्द्र यादवले पनि सोधे
जसपामा एकपछि अर्को स्पष्टिकरण, ठाकुर लगत्तै उपेन्द्र यादवले पनि सोधे

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्णलाई उपेन्द्र यादव समूहले स्पष्टीकरण सोधेको छ।

पार्टीको विधानको धारा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेको तीन दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ।


स्पष्टिकरण पत्रमा केपी शर्मा ओलीको संसद विघटन अलोकातान्त्रिक असंवैधानिक र प्रतिगमनकारी कदमलाई किन साथ दिएको, पार्टी केन्द्रीय कार्यकारिणी समितिबैठकको वेवास्ता गर्ने, अनुपस्थित हुने तर आफ्नो समर्थनलाई मात्र बोलाई पार्ट विधान विपरित् गुटबन्दीपूर्ण क्रियाकलाप गरेको,पार्टीको निर्णयबिना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालय लगायतमा पार्टीको तर्फबाट पत्रहरु पठाउने काम गरेको बिषयमा स्पष्टिकरण पठाउन भनिएको छ।

यसअघि मंगलबारै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका थिए।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण साधेका हुन्।

मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी काँग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनस्र्थापनाको माग गर्दै रिट दायर गर्न गएको लगायतका विषयमा प्रश्न गरिएको छ।

जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो।तर सोही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल अध्यक्षता गरी निर्णयहरु समेत गरेका थिए।

यो विषयमा पनि यादवसँग स्पष्टीकरण सोधिएको छ। पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन निर्देशन दिईएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर