४ असार २०७८, शुक्रबार
गृह काठमाडौँमा फेरि बर्डफ्लू संक्रमण पुष्टि
काठमाडौँमा फेरि बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं। नेपालमा चराचुरुंगीमा फेरी बर्ड फ्लू संक्रमण पुष्टि भएको छ।

काठमाडौँको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा पुष्टि भएको हो।


खासखबरसँग कुराकानी गर्दै पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लु संक्रमण फेरी देखिएको र केहिबेरमै बस्तिृत रुपमा सार्वजनिक गर्ने बताए।

विस्तृत विवरण मन्त्रालयमा (कृषि विकास तथा पशुपन्छी) रिपोर्टिङ गरेपछि सार्वजनिक गरिनेछ। टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको उनले जानकारी दिए।

यसअघि पनि काठमाडौंको तारकेश्वर लगायतका ठाउँकमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर