९ असार २०७८, बुधबार
गृह कोरोना भाइरस पत्ता लगाउन थाइल्याण्डमा कुकुर परिचालन
कोरोना भाइरस पत्ता लगाउन थाइल्याण्डमा कुकुर परिचालन

काठमाडौं। सुन्दा अच्चम लाग्छ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ । थाइल्याण्डमा कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ ।विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको छ सामान्य नै थियो । तरथाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ ।गत मे १० यता यी कुकुरहरुले हालसम्म १ हजारभन्दा धेरै नमुनाहरू परीक्षण गरिसकेको जनाईएको छ ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र निर्माणस्थल, भिडभाडयुक्त वस्ती तथा ठूला बजार क्षेत्रमा संक्रमितको संख्या उच्च रहेको देखिएपछि सरकारले संक्रमित मानिसहरु छिटो भन्दा छिटो पत्ता लगाउन सकिने आशामा तालिमप्राप्त कुकुरको परिचालन गरिएको हो।


कोरोना भाइरस संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने घ्राण क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको जनाईएको छ।

कुकुरहरुले संक्रमण पत्ता लगाउने दर पनि प्रभावकारी देखिएको छ । शंकास्पद संक्रमित मानिसहरुको पसिनाको नमुना धातुको भाँडोमा राखेर कुकुरलाई सुँघ्न दिइन्छ र कुकुरले संक्रमित भएका र नभएका मानिसहरु छुट्याउने जनाईएको छ। । संक्रमित मानिसको पसिनाको नमुना सुँघेर सुँघेर त्यसकै अगाडि कुकुर टुसुक्क बस्दछ भने संक्रमित नभएका मानिसको पसिनाको नमुना सुँघ्दै अगाडि बढ्न् नामईएको छ।

Facebook Comments

हरेक खबर खास खबर