३१ जेष्ठ २०७८, सोमबार
गृह प्रतिनिधिसभा विघटन विरुद्धका १९ मुद्दा प्रधानन्यायाधीश राणाको बेन्चमा
प्रतिनिधिसभा विघटन विरुद्धका १९ मुद्दा प्रधानन्यायाधीश राणाको बेन्चमा

काठमाडौं। दोश्रो पटकको प्रतिनिधिसभा विघटनको लागि सर्वोच्चमा परेका ३० रीटहरुमध्ये १९ रिटको सुनवाई आज हुँँदैछ। आज सुनुवाई हुने सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका छन्।

सर्वोच्चमा परेका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा मुद्दामा आज सुनुवाइ भइरहेको हो।


यी रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा पारेका हुन्। आज सुनुवाइ भइरहेका केही रिट सरकारको निरन्तरता र तोकिएको समयमै चुनाव हुनुपर्ने पक्षका समेत रहेका छन्।

३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठीक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन्।

आज सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन रोक्नुपर्ने माग गरिएको छ। यस्तै संवैधानिक इजलासमा जाने ११ वटा रिटको भने भोलिदेखि सुनुवाइ हुनेछ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर