९ असार २०७८, बुधबार
गृह संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ शुरु
संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ शुरु

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ।

प्रतिनिधि सभा पुनःस्थापनाको अन्तरिम आदेश जारी गर्ने मागसहित परेका १९ वटा रिट निवदेनको सुनुवाई शुरु भएको हो।


ती रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल बेञ्चबाट सुनुवाई भइरहेको हो।

आजको पहिलो बहस वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन माथि भइरहेको छ।

त्यस्तै संवैधानिक इजलासमा परेका ११ वटा रिटका लागि भने शुक्रवार (भोलि) का लागि पेशी तोकिएको छ।

Facebook Comments

हरेक खबर खास खबर