९ असार २०७८, बुधबार
गृह महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छः सभापति देउवा
महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छः सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको जानकारी दिए। देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा भने नजाने जनाए।


देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरे। ‘यदि विश्वास नलागे राष्ट्रपतिले मान्छे बोलाएर हो कि होइन भन्न सक्नुहुन्थ्यो’ उनले भने

राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताए। प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाले बताए। उनले महामारीको समयमा सडक आन्दोलनमा भने नजाने बताए।

Facebook Comments

हरेक खबर खास खबर