४ असार २०७८, शुक्रबार
गृह हतियारीधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते
हतियारीधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असईसहित ५ प्रहरी घाइते

धरान । सुनसरीको धरानस्थित प्रहरी चौकीमा हतियाधारी समूहले आक्रमणगरेका छन्। हतियारधारिले हाक्रमण गर्दा असईसहित ५ प्रहरी घाइते भएका छन्। धरान वडा नम्बर १५ बाझगरस्थित वडा कार्यालयनजिक रहेको प्रहरी चौकीमा उनीहरूले आक्रमण गर्दा त्यहाँका ५ प्रहरी घाइते भएका छन्।बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले प्रहरी माथी आक्रमण गरेका हुछ।

आफूलाई धम्की आएपछि धरान ३ का प्रसन्न लिम्बू जाहेरी दिन त्यस प्रहरी चौकीमा आएका प्रहरीले जनाएका छन्।उनैलाई खोज्दै आएको हतियारधारी समूह प्रहरी चौकीभित्रै पसेर उनलाई आक्रमण गर्न खोजेका थिए । त्यही क्रममा उनीहरूले प्रहरीलाई आक्रमण गर्दा प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालसहित ड्युटीमा रहेका ५ प्रहरी घाइते भएका छन्।आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।


Facebook Comments

हरेक खबर खास खबर