४ असार २०७८, शुक्रबार
गृह संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण,डाक्टरहरुको भागाभाग
संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण,डाक्टरहरुको भागाभाग

बाँके। भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेको छन्। बाँकेको भेरी अस्पतालमा बिहीबार राति संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेको हुन्।

विहीबार राति दाङका ५४ वर्षीय संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.प्रकाशबहादुर थापाले बताए । ४ जना स्वास्थ्यकर्मीले भने झ्यालबाट हामफालेर ज्यान बचाएका उनले बताएका छन्।


आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाले बताएका छन्। उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाले बताएका छन्। आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत रहेका थापाले बताएका छन्। सबैको अवस्था क्रिटिकल छरहेको चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन्। । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण नरहेको थापाले बताए।

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने चिकित्सकहरुको माग रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर