१० असार २०७८, बिहीबार
गृह कोरोना खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं: प्रधानमन्त्री ओली
कोरोना खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताए।

आज देशवासीका नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने जानकारी दिएका हुन्। उनले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताए।


नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको उनले बताए।

Facebook Comments

हरेक खबर खास खबर