१० असार २०७८, बिहीबार
गृह नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज , बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुदै
नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज , बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुदै

काठमाडौँ। नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल आज हुनेभएको छ। नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०ः १५ बजे इराक सँग खेल्न लागेको हो । इराक फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको छ। खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेको छ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३औँ स्थान माथि रहेको छभने नेपाल १ सय ७१औँ स्थानमा छ ।इराक ८औँ स्थानमा छ ।सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने चरणमै रहेको छ। इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा इराकले जितेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर